१२ आश्विन २०८१, शनिबार

मोहन वैद्यले भने, ‘ओली सरकारवाट समृद्धिको आश गर्नु मुर्खता हो’


mohan

१४ वैशाख, काठमाण्डौ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले । क्रान्तिकारी युवा लिग नेपालले काठमाण्डौमा आयोजना गरको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको सरकारवाट समृद्धिको आश गर्नु मुर्खता भएको बताएका छ । त्यस्तै उनले ओलीलाई राष्ट्रघाती नेता भएको आरोप लगाएका छन् ।

किरणले ओलीलाई राष्ट्रवादको रटान लगाउन छोड्न समेत अनुरोध गरे । ओलीले प्रधानमन्त्रीका रुपमा केही दिन अघि गरेको भारत भ्रमणमा नयाँ सन्धी सम्झौताहरु गरेको भएपनि पुराना असमान सन्धीहरुलाई कार्यान्वयन गर्ने बचन दिएर आएको आरोप वैद्यले लगाए ।

‘नयाँ सम्झौता नगरेको भएपनि पुराना असमान सम्झौता कार्यान्वयन गर्ने भनेर ओलीले भारतमा हस्ताक्षर गरेर आएका छन्,’ वैद्यले भने, ‘त्यसैले उनी राष्ट्रघाती हुन् ।’ ओली नाकाबन्दीका बेलामा राष्ट्रवादी देखिने कोशिश गरेको तर अहिले राष्ट्रवादको लाइन छोडिसकेको उनले बताए ।

ओली सरकारसँग मजदुरहरु डराइरहेको उनले बताए । ‘अब नयाँ ढंगले क्रान्ति गर्नुपर्छ,’ उनले भने, ‘क्रान्तिको नेतृत्व क्रान्तिकारी माओवादीले नै गर्छ ।’ साथै उनले अब एमालेलाई झापा विद्रोह र माओवादी केन्द्रलाई जनयुद्धको जस नलिन समेत आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !