१२ आश्विन २०८१, शनिबार

शनिबार बिहान बस्ने गरी कांग्रेस बैठक स्थगित


Nepali-congress-Centre-office-Sanepa

१४ वैशाख, काठमाण्डौ । जारी कांग्रेस केन्द्रीय समिति बैठक शनिबार बिहान ९ बजे बस्ने गरी स्थगित गरिएको छ ।

बैठकमा बोल्दै आमन्त्रित केन्द्रीय सदस्य विजय गच्छदारले नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक एकीकरण हुँदा भएका सहमति लागू हुनुपर्नेमा जोड दिएका छन् ।

उनले पार्टी एकीकरणको समयमा गरिएको सहमति अनुसार उपसभापतिको दाबी गरेका थिए । निर्वाचित केन्द्रीय सदस्य मात्रै मनोनित हुने विधानका कारण गच्छदारलाई उपसभापति बन्न नसक्ने विधानको अड्चन छ ।

त्यस्तैगरी बरिष्ठ नेता रामचन्द्र पौडेलले दलमा पारदर्शिता नभएको भन्दै सभापतिको आलोचना गरेका थिए । पौडेलले निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्नुपर्ने बताएका थिए । पौडेलले विधान विपरीत नेतृत्व चलेको भन्दै सभापतिको आलोचना गरेका थिए ।

जारी केन्द्रीय समितिको बैठकमा महामन्त्रीको प्रतिवेदन भोलि पेश हुने बताइएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको प्रतिवेदनले हालसम्म उठेका धारणाहरुको सम्बोधन गर्ने बताए । दलको आगामी कार्यनीति पनि प्रतिवेदनमा समावेश भएको उनले बताए । महामन्त्रीको प्रतिवेदन बैठकमा प्रस्तुत भएपछि सबैका सुझाव समेटेर पारित गरिने उनले जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !