१२ आश्विन २०८१, शनिबार

कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने : मुख्यमन्त्री शाही


mahendra bahadur shahi

१४ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शुक्रवार कृषि मन्त्रालयको सभाहलमा आयोजना गरिएको क्षेत्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा वोल्दै कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने वताएका छन् ।

उनले कर्णाली प्रदेशमा मात्रै अर्वौं मुल्यको कृषि उत्पादन आयात भैरहेकोले वजारको चिन्ता नगर्न आग्रह गरे । ‘दुनियाले मरुभुमि र समुद्रमा समेत कृषिको विकास गरेका छन् ।’ मुख्यमन्त्री शाहीले भने, ‘हाम्रो प्रदेशमा त झन उपयुक्त हावापानी, माटो र चरणक्षेत्र छन, हामीले किन वाहिरवाट आयात गरेर खाने ?’ कर्णाली प्रदेश कृषि उत्पादनको लागि राम्रो संभावना वोकेको प्रदेश भएको वताउदै मुख्यमन्त्री शाहीले फलफुल, पशुपालन, तरकारी र अन्नवालीको व्यवसायीक खेतीमा लाग्न जोड दिए ।

अहिलेसम्म टुक्रे उत्पादन प्रणालीमा किसानहरुले भर गरेको वताउदै व्यवसायीक उत्पादन प्रणालीको विकास नगरी कृषकहरु समृद्ध हुन नसक्ने उनले वताए ।

पुरस्कार वितरण कार्यक्रममा तरकारीखेती, च्याउखेती, स्याउखेती, वाख्रापालन व्यवसायमा उत्कृष्ट ६ जना किसानहरुलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई जनही २५ हजार नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !