६ जेष्ठ २०८१, आइतबार

खटाएको ठाउँमा नजाने भए जागिर छोडे हुन्छ : मन्त्री पण्डित


Lalbabu Pandit

१४ वैशाख, बुटवल । संघीय मामिला तथा सामन्य प्रशाशन मन्त्री लालबाबु पण्डितले लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजनाको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोड्न चेतावनी दिएका छन् ।

उनले भने, ‘राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा जानु पर्दछ होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ, कुुनैपनि कर्मचारी सरकारले खटाएको ठाउँमा जानै पर्छ ।’

राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर सपथ खाएको स्मरण गराउँदै मन्त्री पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !