२२ भाद्र २०८१, शनिबार

विप्लवबाट कारवाहीमा परेका हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले बोलायो केन्द्रीय समितिको बैठक


धर्मेन्द्र र हेमन्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ बाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले केन्द्रीय समिति बैठक बोलाएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीले कारवाही गरेपछि ओली र बास्तोला पक्षले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

एक नेताका अनुसार ओली र बास्तोला पक्षले केन्द्रीय समितिमा बहुमत जुटाउन बिहीबार आफू पक्षीय केन्द्रीय समिति बैठक बोलाएका हुन् । केन्द्रीय समिति बैठकबाट आधिकारिक निर्णय गरेर अगाडी बढ्ने एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !