९ असार २०८१, आइतबार

डिआइजी राजु अर्याललाई सशस्त्रको महानिरीक्षकमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


डिआइजी राजु अर्याल

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजु अर्याललाई सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

वैशाख ५ मा बढुवा समितिले डिआइजी अर्याललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो । एआईजीमा बढुवा गरेसँगै उनी भावी सशस्त्र प्रहरी महानिरीक्षक हुने भएका छन् ।

डिआइजी अर्याल २०७९ वैशाख १८ पछि आईजीपी नियुक्त हुनेछन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !