१२ असार २०८१, बुधबार

बागी उम्मेदवारी फिर्ता लिने पहल भइरहेको माओवादीको दावी


देव गुरुङ

काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय तह निर्वाचनका लागि आफू खुसी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन् ।

संवाद डबलीले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गुरुङले दलहरूबीचको सहमतिविपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको र त्यसलाई हटाउन सक्दो पहल र प्रयास भइरहेको बताएका हुन् ।

एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी काँग्रेससँग गठबन्धन बनाउनु परेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !