२३ बैशाख २०८१, आइतबार

जनकपुरको मेयरमा गठबन्धनवाट लालकिशोर साहले दिए उम्मेदवारी


लालकिशोर साह

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहले आफ्नो उम्मेदवारी दिएका छन् । साह जनकपुरका निवर्तमान मेयर पनि हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनको तर्फवाट उम्मेदवार बनेका साहले जनकपुरको मेयरमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले जनकपुर उपमहानगरपालिकाको मेयरमा साहलाई साझा उम्मेदवार बनाएको थियो ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको लागि तोकिएको समय सकिएको छ । यद्यपि आयोगले मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय परिसरभित्र प्रवेश गरेकालाई उम्मेदवारी दर्ता दिने भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !