काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवाट केशव स्थापितले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपमेयरमा एमालेवाटै सुनिता डंगोलले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।
काठमाडौँको राष्ट्रियसभा गृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेवाट काठमाडौंको मेयरमा उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा स्थापितलाई उम्मेदवार बनाएको थियो ।
काठमाडौंको मेयरमा उम्मेदवार बन्न लागेका स्थापितले बाग्मती प्रदेशसभा सदस्यवाट राजीनामा दिएका हुन् । यस्तै डंगोल पूर्व मिस नेवा हुन् ।
यसअघि काठमाडौं क्षेत्र नम्बर ६ वाट प्रदेशसभा सदस्य निर्वाचित भएका स्थापितले बाग्मती प्रदेशका सभाामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाएका थिए ।
आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।