२ जेष्ठ २०८१, बुधबार

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी


सत्ता गठबन्धनको निर्वाचन समिति फाइल फोटो

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी रहेको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयासस्वरुप गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

यसअघि पटक-पटक बसेको बैठक बिना निष्कर्षमा टुंगिएपछि पाँच दलका अध्यक्षहरु बसेर भागबण्डा मिलाउन लागेका हुन् । आजको बैठकमा गठबन्धनबीच चुनावी तालमेलको अन्तिम निर्णय गरिने तयारी रहेको छ । विशेषगरी पालिकाहरूमा पद भागबण्डासम्बन्धी निर्णय लिइनेछ ।

स्थानीय निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने आज दोस्रो तथा अन्तिम दिन भईसक्दा पनि भागबण्डा नमिलेपछि गठबन्धनमा तनाव उत्पन्न भएको छ । विवाद देखिएका र स्थानीयस्तरमा मिल्न बाँकी पालिकाका विषयमा पनि निर्णय लिइनेछ ।

यसअघि हिजो आइतबार साँझ पनि बालुवाटारमा बसेको गठबन्धनका नेताको बैठकले पाँच दलबाहिर चुनावी तालमेल नगर्ने लगायत निर्णय गरेको थियो ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाएपनि गठबन्धनमा रहेका दलबीच अझै भागबण्डामा कुरा मिल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !