२२ भाद्र २०८१, शनिबार

एमालेले वैशाख १० गते महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउने


एमाले सचिवालय बैठक बालकोट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महानगर र उपमहानगको उम्मेदवारको टुंगो वैशाख १० गते मात्र लगाउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले महानगर र उपमहानगको उम्मेदवारको टुंगो वैशाख १० गते मात्र लगाउने भएको हो ।

एमालेले देशभरका ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयरको टुंगो वैशाख १० गते लगाउने भएको हो । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेको १० गते दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले निर्णय गर्ने जानकारी दिए ।

महानगर र उपमहानगरपालिकाका उम्मेदवारका लागि चितवन, विरगञ्ज र ललितपुरमा १/१ जना उम्मेदवार सिफारिस भएपनि अन्य तीन महानगरमा मेयर पदका धेरै उम्मेदवार आकांक्षी भएको समेत बताए ।

उनका अनुसार महानगरपालिकामध्ये चितवनको भरतपुरमा विजय सुवेदी, वीरगञ्जमा विजय सरावगी र ललितपुरमा हरिकृष्ण व्याञ्जनकारको नाम मेयरका लागि सर्वसम्मत रूपमा सिफारिस भएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !