१२ असार २०८१, बुधबार

कांग्रेसबाट काठमाडौंको मेयरमा पाँच जनाको नाम सिफारिस


कांग्रेस

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

महानगर कार्यसमितिको बैठकले मेयर पदका लागि नीलकाजी शाक्य र सुशन वैद्यसहित हरिप्रभा खड्गी, सिर्जना सिंह र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।

खड्की वर्तमान उपमेयर हुन् । सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् । सत्ता गठबन्धनले काठमाडौंमा कांग्रेसका तर्फबाट मेयर र नेकपा एकीकृत समाजवादीबाट तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिने सहमति गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !