१५ असार २०८१, शनिबार

गठबन्धन टुटाउने षड्यन्त्र जारी छ, कुनै हालतमा टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस अवसरमा आयोजना गरेको ‘निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्टी कार्यक्रम’ लाई संबिधान गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षडयन्त्र भईरहेतापनि कुनै हालतमा टुटाउन नहुने बताएका हुन् ।

देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि सो षड्यन्त्र असफल पार्नुपर्नेमा जोड दिए । उनले गठबन्धन टुटेमा देशको हालत खराव हुने समेत संकेत गरेका छन् । उनले वर्तमान संविधानअनुसार कुनै पार्टीको पनि बहुमत आउने अवस्था नभएकोले गठबन्धन अपरिहार्य भएको स्पष्ट पारेका हुन् ।

उनले सोही कार्यक्रममा देउवा बोल्नुअघि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुरलाई प्रधानमन्त्री बनाउन मात्र गठबन्धन गरिएको होइन भनेर भनेपछि पौडेलको उक्त भनाईलाई टक्कर दिंदै देउवाले सत्ता गठबन्धनका अन्य दलका पार्टीका शीर्ष नेताहरुले काँग्रेस नै ठुलो पार्टी होस् हामी सानो नै हुन्छौ भन्ने स्वीकार गरेको समेत सुनाए ।

उनले आफू प्रधानमन्त्री भएर मैले के गल्ती गरेँ ? भनेर पौडेलप्रति इंगित गर्दै आफूले धेरै राम्रो काम गरिरहेको जिकिर गरे । उनले आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले पार्टीको बिधानअनुसार अव सभापति हुन नपाउने भएकोले अब हुने नयाँ पुस्ताको पालो भएको पनि बताए ।

देउवाले गठबन्धन गरेकोमा आफूलाई ताली आउनुपर्नेमा गाली आएको भन्दै आक्रोश प्रकट गरेका छन् । देउवाले चुनावी गठबन्धन गरेर आफूले ठिक गरेपनि कांग्रेसभित्रैबाट त्यसलाई बेठिक देखाउने प्रयास भएको आरोप लगाए ।

उनले चुनावी तालमेलले अझ बलियो बनाउने भन्दै यसका विरुद्धमा नबोल्न आग्रह गरे । उनले राजधानी र सदमुकाममा मात्र नखुम्चिएर स्कुल-स्कुलमा नेविसंघ गठन गर्न र युनियन चुनाव जित्न निर्देशन पनि दिए । उनले विद्यार्थी पढाई र राजनीति दुवैमा अब्बल हुनुपर्नेमा समेत जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !