१५ असार २०८१, शनिबार

काँग्रेस बैठक : निर्वाचनको समीक्षा, गम्भीर हुन नेतृत्वको ध्यानाकर्षण


Nepali-congress-Centre-office-Sanepa

१३ वैशाख, काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी बैठकमा आज छ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नुभएको छ ।

बैठकमा बिमलेन्द्र निधि, महेश आचार्य, डा प्रकाशशरण महत, शंकर भण्डारी, मोहनबहादुर बस्नेत र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राख्नु भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा उहाँहरुले पार्टीले निर्वाचनमा हार्नुका कारण, पार्टीभित्र देखिएको अस्वस्थ्य प्रतिस्पर्धा एवं आगामी दिनमा पार्टीलाई अगाडि बढाउने विषयमा गम्भीर हुन नेतृत्वको ध्यानाकर्षण गराउनु भएको थियो ।

बैठकमा शंकर भण्डारीले स्व खुमबहादुर खड्काले पार्टीमा पु¥याएको योगदानको कदर गर्नुपर्ने, पार्टीभित्र देखिएको अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य हुनुपर्ने, नेपाली काँग्रेस सरकारमा हुँदा भएका निर्णयको जिम्मेवारीका विषयमा आफ्नो विचार राख्नुभएको थियो ।

उक्त बैठकमा प्रवक्ता शर्माले पराजयका छ वटा कारण प्रस्तुत गर्दै पार्टीभित्रको अन्तरघात, आम नागरिकको मन जित्न नसक्नु, महत्वपूर्ण मुद्दामा बहिर्गमन, सम्प्रेषण क्षमतामा ह्रास, परम्परागत संगठन शैली, सैद्धान्तिक पुनःव्याख्याको प्रश्नजस्ता विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !