१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले भने, ‘गिरिजाप्रसाद कम्युनिस्‍ट थिए बिपीले कांग्रेसमा लगे’


Kp oli

१३ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १९औँ मनमोहन स्मृति दिवसको अवसरमा प्रतिष्ठानले ललितपुरको सानेपामा गरेको स्मृतिसभामा बोल्दै नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्ट भएको बताएका छन् ।

उनले मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला विक्रम सम्बत १९९९ देखि २००४ सम्म कम्युनिस्ट भएको बताए । पछि गैरकम्युनिस्टलाई पक्राउ गरेको भ्रम फैलाएर बिपी कोइरालालाले उनलाई कांग्रेसमा लगेको समेत खुलासा गरे ।

त्यस्तै, ओलीले मनमोहन अधिकारी कम्युनिस्टको स्थापना हुनु सात वर्षपहिल्यै भारतको जेलमा रहेको र मनमोहन एक अविचलित आस्था र निरन्तरताको धरहरा भएको उल्लेख गरे । कम्युनिस्ट एकता दिवसको दिनमा केही केटाकेटीले नबुझेर वा हामीले बुझाउन नसकेर मञ्च रहेको कम्युनिस्ट नेताको ब्यानर च्यात्नु गलत भएको भन्दै उनले मञ्चमा टाँगेको ब्यानर च्यात्नु र पञ्चायतका बेला कम्युनिस्ट आन्दोलन गर्नु फरक रहेको सुनाए ।

ओलीले जुनदिनमा हामीले पुष्पलाल, मनमोहन र मदन भण्डारीको योगदानलाई विर्सन्छौँ त्यो दिन कम्युनिस्ट आन्दोलनको औचित्य पनि नरहे उल्लेख गरे । निकट भविष्यमै पार्टी एकता हुने उल्लेख गर्दै सबल सुदृढ र एकिकृत पार्टी निर्माण गर्न प्रतिबद्ध रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !