१२ असार २०८१, बुधबार

पैसा खर्चेर चुनाव जित्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान : डा. भट्टराई


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबन्न आग्रह गरेका छन् । डा. भट्टराईले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान भएको बताए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं । पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौंः१.तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका;२.चुनावी खर्च राज्यले वेहोर्ने!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !