७ मंसिर २०८१, शुक्रबार

‘उपभोक्ता समितिमा दलिय भागबण्डाको अन्त्य हुनुपर्छ’


केदार कार्की

भक्तपुर । सूर्यबिनायक नगरपालिका, भक्तपुर-१० मा स्थानीय निकाय निर्वाचनको सरगर्मी हवात्तै बढेको छ । चियापसल, दूग्धडेरी, सार्वजनिक स्थान, सहकारी संस्था एवं चोक-चोकमा युवाहरु असल उम्मेद्धवारको खोजीमा छन् ।

वडामा जनताको पीरमर्का बुझ्ने, बिमारी पर्दा होस, वा सामाजिक संस्कार वा संस्कृतिमा सहभागि हुने, बिकास निर्माणमा सुझबुझपूर्ण रुपमा लागि पर्ने, योजना छनौटमा सबैको अग्रसरता र सहभागिता गराउने यूवाले वडाको बिकास गर्न सक्ने दावी गर्छन् – सोही वडा निवासी अनुप दुलाल ।

सो वडाका ४८ वर्षीय केदार कार्की नेपाली काँग्रेसका एक नेता हुन् । वडा कार्यालय पार्टीको भर्तिकेन्द्र बन्ने गरेको वडामा भ्रष्टीकरण मौलाउदै गएको उनको ठम्म्याई रहेको छ । उपभोक्ता समितिमा दलिय भागबण्डाको अन्त्य हुनुपर्ने उनको भनाई रहेको छ ।

जनताबाट निर्वाचित भइ स्थानीय स्तरमा नै शासन व्यबस्था सञ्चालन गर्ने जनप्रतिनिधमुलक शासकीय संरचना नै स्थानीय तह हो । स्थानीय तहको सबैभन्दा तल्लो तह वडा हो । बिकासको पहिलो संरचना नै वडाबाट शुरु हुने भएकोले वडाको दिगो बिकास नै नगरको बिकास उनी ठान्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !