१२ असार २०८१, बुधबार

प्रचण्ड निवास खुमलटारमा माओवादीको विस्तारित बैठक जारी


बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जारी रहेको छ । आसन्न स्थानीय तहका निर्वाचनको तयारी र तालमेलबारे छलफल गर्न बैठकमा जारी रहेको हो ।

जारी बैठकले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बिचमा हुने तालमेलका बारेमा आवश्यक छलफल हुँदैछ । गठबन्धनका आवद्ध दलका वीचमा केन्द्रमा भएका सहमति र स्थानीय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य जारी रहेको छ ।

गठबन्धन दलबीच चुनावी तालमेलमा सहमति भएपनि पार्टीका तल्ला तहहरुमा अझै विवाद यथावत छ । विशेषगरी स्थानीय निर्वाचनमा भागबण्डामा कुराे मिल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !