१३ आश्विन २०८१, आइतबार

मुख्यमन्त्री भट्टले भने, ‘यो चौकीदारलाई सफल पार्न तपार्इंहरुले साथ दिनुपर्दछ’


त्रिलोचन भट्ट

१२ वैशाख, कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमेली नेपाली समाज– भारत समितिको प्रथम महाधिवेशन आज यहाँ शुभारम्भ गर्दै आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी गर्ने बताएका छन् ।

उनले आफ्नो कार्यकालमा धेरै काम गर्न नसकिए तापनि रोजगारीका लागि भारत जाने बेराजगार नेपाली युवाको जमातलाई स्वेदेशमै रोजगारीको व्यवस्थापन गर्न आवश्यक कदम चालिनेमा जोड दिए ।

देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि स्वदेशमै श्रम र मिहेनत गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ लाई सफल बनाउन प्रवासी नेपालीको पनि अहम भूमिका रहने चर्चा गरे ।

प्रवासी नेपालीसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री उनले भने, “यो चौकीदारलाई सफल पार्नका लागि तपार्इंहरुले पनि साथ दिनुपर्दछ र साथको लागि आग्रह गर्दछु ।”

समितिका संयोजक दीपक प्रकाश मल्लले बेरोजगारको समस्या समाधानका लागि स्वदेशमै रोजगारको व्यवस्था गर्नु आवश्यक रहेको बताए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !