![](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/04/vijaya-saravagi.jpg?fit=851%2C480&ssl=1)
वीरगञ्ज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले वीरगञ्ज महानगरपालिकाको मेयरका लागि वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ ।
सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको एक नेताले जानकारी दिए । तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका सरावगी गत महिना नेकपा एमालेमा प्रवेश गरेका थिए ।