काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको टिप्पणी गरेका छन् । सचिव भट्टराईले अहिले देशमा विदेशी मुद्राहरुको सञ्चिति घटिरहेको र यसतर्फ सचेत हुनुपर्ने बताए ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाललले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको बताए । सचिव भट्टराईले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए ।
त्यस्तैगरी नेता भट्टराईले जनशक्ति उत्पादन दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताए । कुनैपनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभूत सेवाबाट वञ्चित गर्न नहुने उनले बताए ।