१४ बैशाख २०८१, शुक्रबार

पाँच दलीय गठबन्धनको अपिल : ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाउनु


सत्ता गठबन्धन बैठक

काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय समेत गरेको छ । गठबन्धनका प्रमुख शीर्ष नेताहरुले एक अपिल जारी गर्दै आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने बताएका हुन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्दै अपिल गरेका छन् ।

पाँच दलीय गठबन्धन दलले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी भने भोलि मंगलबार बेलुका ४ बजे बस्ने बैठकले टुंग्याउने भएका छन् । गठबन्धनभित्र मोडालिटीबारे विभिन्न प्रस्तावमाथि छलफल भएपनि नेताहरुबीच सहमति जुट्न सकेको छैन ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरी गठबन्धनको भावना र आपसी समन्वय गर्दै सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

यस्तो छ हेर्नुहोस् पाँच दलीय गठबन्धनको अपिल

पाँच दलीय गठबन्धनको अपिल : ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !