५ जेष्ठ २०८१, शनिबार

सुदन किराँतीको प्रश्न : मेयर र उपमेयर पदको लागी मोलतोल गर्ने चरित्रलाई के भन्ने ?


सुदन किराती File Photo

काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रका नेता सुदन किराँतीले गठबन्धनको सैदान्तिक आधार र मान्यताबाट बाहिर गएर मेयर र उपमेयर पदको लागी मोलतोल गर्ने चरित्रलाई के भन्ने ? गठबन्धन केको लागी गरेका हौ ? भन्दै प्रश्न गरेका छन्।

नेता किराँतीले यस्ता मोलतोल गर्ने प्रबृत्तिलाई तुरुन्त नियन्त्र गर्न सुझाब समेत दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेता किराँतीले सैद्धान्तिक आधार भन्दा बाहिर गएर मोलमोलाई गर्नु ठिक नभएको बताएका छन् ।

उनले लेखेका छन्, “केन्द्रीय संमयन्त्रलाई सुझाब ! गठबन्धनको सैदान्तिक आधार र मान्यता बाट बाहिर गएर मेयर र उपमेयर पदको लागी मोलतोल गर्ने चरित्रलाई के भन्ने ? गठबन्धन केको लागी गरेका हौ ? कुन ईतिहासको पृष्ठभूमिमा गरेकाहौं ? यथासक्य स्पष्ट गरौं अन्यथा गठबन्धन भंग गरौं कि बाहिर गएर मोलमोलाई गर्ने घोर अवसरवादी प्रबृत्तिलाई तुरुन्त नियन्त्रण गरौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !