२० बैशाख २०८१, बिहिबार

विप्लव समूहका प्रवक्ता प्रकाण्ड किन एक्कासी पुगे निर्वाचन आयोग ?


prakanda

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आज एक्कासी निर्वाचन आयोग पुगेका छन् । स्थानीय निर्वाचन आफ्नो पार्टीले पनि सहभागी हुन पाउनुपर्ने माग लिएर प्रकाण्डसहितको टोली आज निर्वाचन आयोगमा पुगेको हो ।

निर्वाचन आयोगको कार्यालयमा पुगेका उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग समेतवार्ता भेट गरेका छन् । कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्वाचनमा सहभागी नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो ।

निर्वाचनमा सहभागी नहुने निर्णय गरिसकेको विप्लव समूहको नेकपाले आयोग पुगेर निर्वाचनमा भाग लिने वातावरण बनाई दिन आग्रह समेत गरेको छ । सो समयमा महासचिव विप्लव र प्रकाण्डले चुनावमा जान चाहेपनि अल्पमतमा परेपछि उनीहरु सो प्रस्तावबाट पछि हटेका थिए ।

आयोग पुगेका पार्टीका प्रवक्ता प्रकाण्डले पत्रकारसँग चुनावमा भाग लिने बताए । आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार स्थानीय निर्वाचनको कार्यतालिका सवै अघि बढिसकेर केही दिनभित्र निर्वाचनको आचारसंहिता लागू हुने पुगेसकेको अवस्थामा दल दर्ता, मतदाता नामावलीजस्ता विषय कानूनी र व्यवहारिक रूपमै टुंगिसकेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !