१२ असार २०८१, बुधबार

एमालेद्वारा निर्वाचन आचारसंहिताप्रति ६ बुँदे असहमति प्रकट (पूर्णपाठसहित)


शंकर पोखरेल निर्वाचन आयोगमा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचन आचारसंहिताप्रति ६ बुँदे असहमति जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलसहितको टोली निर्वाचन आयोग पुगेर निर्वाचन आचारसंहिताप्रति ६ वटा विषयमा प्रश्न उठाउँदै असहमति जनाएको हो ।

आज बिहीबार एमाले महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताप्रति प्रश्न उठाउँदै आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो ।

आसन्न स्थानीय निर्वाचनका लागि आयोगले जारी गरेको आचारसंहितामा भएका त्रुटिहरू केलाएर एमालेले ध्यानाकर्षण गराएको छ । साथै निर्वाचन धाँधलीरहित, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो पार्टीको साथ रहने प्रतिबद्धता पनि जनाएको छ ।

यस्तो छ हेर्नुस् एमालेले आचारसंहिताप्रति जनाएको ६ बुँदे असहमति

६ बुँदे असहमति ६ बुँदे असहमति ६ बुँदे असहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !