१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले भने, ‘देशहित बाहेक अन्य कुनै एजेण्डा छैन’


KP Oli

११ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाण्डौको कोटेश्वरस्थित महादेवस्थान नजिक निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दैै मुलुकलाई समृद्ध बनाउने संकल्प दोहो¥याएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकलाई सुन्दर, सफा र समृद्ध बनाउन एकपछि अर्को अभियान संचालन गर्दै अघि बढने योजना पनि अघि सारे ।

उनले मुलुकलाई पार्कजस्तै सुन्दर बनाउने प्रतिवद्धताका साथै सरकार देश बनाउन प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । उनले मुलुकमा भ्रष्टाचार हुन नदिने पनि बताए ।

प्रधानमन्त्री ओलीले सरकारले केही गर्दैन भन्ने भ्रम छर्न खोजिएको भन्दै त्यसमा सचेत रहन पनि आग्रह गरे । उनले सरकारको देशहित बाहेक अन्य कुनै उद्देश्य नरहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले सडकमा हुने सबै खालका बेथिती अन्त्य गर्ने घोषणा पनि गरे । प्रधानमन्त्री ओलीले मुलुक मदन भण्डारीले देखाएको बाटोवाट अघि बढेको पनि बताए ।

उनले मदन भण्डारीको विचार सबैको साझा विचार भएको उल्लेख गर्दै सोही विचार अनुसार अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !