१६ आश्विन २०८१, बुधबार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा. डा. कडेल नियुक्त


da

११ वैशाख, काठमाण्डौ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकवाट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुष्प कडेल नियुक्त भएका छन् ।

नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।

सरकारले योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको नियुक्ति गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

आयोगका सदस्यहरूमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, गिरीबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !