१० मंसिर २०८१, सोमबार

मन्त्रिपरिषद् बैठक सकियो, के-के भयो निर्णय ?


ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौं । आज मन्त्रिपरिषद् बैठकले चीन सरकारले प्रस्ताव गरेको सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी बैठकले ख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कतारको राजधानी दोहामा हुने दोहा फोरमको २०औँ संस्करणको सम्मेनलमा सहभागी हुन योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको टोलीलाई स्वीकृति प्रदान गरेको जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिका लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !