२० बैशाख २०८१, बिहिबार

विप्लव समूहले निर्वाचनमा भाग नलिने, जनपक्षीय उम्मेदवारलाई समर्थन गर्ने


विप्लव केन्द्रिय कमिटी बैठक

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आगामी स्थानीय तह निर्वाचनमा सहभागी नहुने भएको छ । विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

गत चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा शुरु भएको सो पार्टीको बैठक १० दिन बसेर आज सोमवार सकिएको हो । उक्त पार्टीको बैठकमा मुख्यगरी महाधिवेशन, एमसीसी र निर्वाचनको ३ वटा विषयमा छलफल र निर्णय गरेको हो ।

जसअनुसार महाधिवेशनबारे अर्को बैठक बसी मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने, एमसीसीविरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय गरेको हो । विप्लव समूह निर्वाचनमा भाग नलिएपनि उक्त पार्टीले व्यक्तिगत रुपमा जनपक्षीय उम्मेदवारलाई समर्थन भने गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !