काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गरेका छन् ।
अध्यक्ष थापाले आफ्नो पार्टीले सनातन हिन्दू राष्ट्र कायम गर्ने एजेण्डा बोकेर अगाडि बढ्दै देशको बलियो राष्ट्रवादी शक्ति बनाउने बताए ।
राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।
पार्टीले नेपाली माटो र परिवेश सुहाउँदो गरी सुशासन र समृद्धिलाई मुख्य सिद्धान्त बनाएर अगाडि जाने उल्लेख गर्दै उनले पार्टीले सुशासन कायम गराउनका लागि पहल गर्ने बताए ।
निर्मल निवासको असहयोगका कारण नै राप्रपा नेपाल स्थापना भएको बताउँदै अध्यक्ष थापाले राप्रपा नेपालको उज्ज्वल भविष्य रहेको दाबी गरे ।