२ कार्तिक २०८१, शुक्रबार

देउवा सरकारमा सहभागी हुनेबारे निर्णय गर्न लोसपाले बोलायो बैठक


लोसपा संसदीय दलको बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुनेबारे निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

लोसपाको केन्द्रीय कार्यालयमा चैत १६ गतेको लागि बोलाइएको सो बैठकमा देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने लोसपाका एक कार्यकारिणी समितिका एक सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको वर्तमान सरकारमा सहभागी लागि सकारात्मक भएर अनुरोध गरेपछि लोसपाले पार्टीमा छलफल गरेर निर्णय लिने भएको हो । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।

पार्टीमा छलफल भएर निर्णय भएपछि कतिवटा मन्त्रालय लिने, कुन कुन मन्त्रालय लिने लगायतको विषयमा लोसपाले प्रधानमन्त्री देउवासँग छलफल गर्ने भएको छ । अहिलेको रिक्त रहेका रक्षा मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री देउवाले आफैंसंग राखेका छन् ।

रिक्त रहेका यी दुइ वटै मन्त्रालय लोसपाले पाउने प्रवल सम्भावना रहेको छ । यद्यपि लोसपाले सरकारमा सहभागी हुने निर्णय गरेमा मन्त्रिमण्डल पुनर्गठन गरेरै भएपनि सरकारमा सहभागी गराउन देउवा तयार भएका छन् । यसो भएमा अहिलेका केही मन्त्रीहरुको पद चैट् हुने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !