११ असार २०८१, मंगलबार

स्थानीय निर्वाचनका लागि आयोगले तोक्यो निर्वाचन अधिकृत, को-कहाँ ? (सूचीसहित)


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको आशन्न निर्वाचनका लागि देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

स्थानीय निर्वाचनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको बताएको छ । आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो ।

२०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

हेर्नुहोस् को-कहाँ खटिँए ? (सूचीसहित)

स्रोत : गोरखापत्र राष्ट्रिय दैनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !