१८ असार २०८१, मंगलबार

सगरमाथाको सफाई अभियानमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान


kp-oli

१० वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको रजत दिवसको अवसर पारेर सोमबार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफाई अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले सगरमाथाको सफाई अभियानलाई साझा अभियानको रुपमा संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्रीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई स्वच्छ र सफा राख्न तथा त्यसको पवित्रतालाई जोगाउन सबैको साझा, संगठित र उद्देश्यमूलक प्रयास हुनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए । प्रधानमन्त्री ओलीले फोहोरकै कारण सगरमाथाको आरोहण अवरुद्ध हुने अवस्था आउन नदिन पनि मातहतका निकायको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

उनले सावधानीपूर्वक सगरमाथा आरोहण गर्न पनि आग्रह गरेका थिए । सरकारले सगरमाथा आरोहण गर्ने क्रममा हुने जोखिम न्यूनिकरणमा विशेष जोड दिने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले मुलुकको पर्यटन क्षेत्रको विकासमा पर्वतारोहण आरोहणले महत्वपूर्ण योगदान दिएको पनि स्मरण गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !