६ जेष्ठ २०८१, आइतबार

चुनावी गठबन्धनबारे सभापति देउवाले एकल निर्णय गर्नुहुन्न : प्रवक्ता महत


डा. प्रकाशशरण महत फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चुनावी गठबन्धनबारे पार्टी सभापति शेरबहादुर देउवाले एकल निर्णय नगर्ने बताएका छन् ।

प्रवक्ता डा. महतले केन्द्रीय समिति बैठककै निर्णयअनुसार गठबन्धनको निर्क्यौल हुने बताए । देउवाले गठबन्धन लाद्ने भन्ने कुरा गलत रहेको र कहीँकतै कुरा नभएको बताए ।

“गलत न्यारेटिभ बनाउने प्रयास भइरहेको छ । सभापतिको बदनाम गराउने प्रयास भएको हो । पार्टीलाई बढी सिट जिताउन उहाँ लाग्नु भएको छ,” उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु