७ मंसिर २०८१, शुक्रबार

चैत मसान्तसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन


एमाले केन्द्रिय कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ । एमालेको स्थानीय तहको उम्मेदवारहरूको सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको हो ।

बिहीबारको केन्द्रीय कमिटी बैठकपछि एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सम्बन्धित कमिटीले चैत मसान्तभित्र सिफारिस गरिसक्न निर्देशन दिएको बताए । एमालेले निर्वाचनको मापदण्ड पनि पारित गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !