१२ आश्विन २०८१, शनिबार

भ्रष्टाचारी र बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने गोपाल किरातीको माग


gopal kirati

१० वैशाख, काठमाण्डौ । माओवादी केन्द्रवाट अलग भई सोही नाममा पार्टी गठन गरेका गोपाल किरातीले भ्रष्टाचारी र बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने प्रस्ताव अगाडि सारेका छन् ।

१४८ औँ लेनिन दिवश तथा ६९ औँ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवशको अवसरमा पार्टी बसेको पुनर्गठन पक्षधर नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठकका निर्णय सार्वजनिक गर्दै उनले नेपाल-भारत सीमानास्थित अग्लो पर्खाल वा काँडेतार लगाउने प्रस्ताव पनि गरेका छन् ।

त्यसबाहेक उनले नेपाली जनतालाई ऋण मुक्त गर्न सम्पूर्ण वैदेशिक ऋण खारेज गर्ने र एकाधिकार चरित्रको जुनसुकै परियोजना राष्टियकरण गर्ने प्रस्ताव पनि अगाडि सारेका छन् ।

उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुमाथि लगाईएका मुद्दाहरु खारेजगरी आधिकारिक वार्तामा बोलाउन नेपाल सरकारसँग आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !