१२ असार २०८१, बुधबार

नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिको दुइ हैन तीन धार रहने बताएका छन् ।

डा. भट्टराईले कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बस्तुगत आधार रहेको बताएका छन् ।

त्यस्तैगरी उनले कम्युनिष्ट ब्राण्ड जति टुक्रा भएपनि त्यो एउटै धार हो र केही समय रहने बताएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएका छन् ।

डा. भट्टराईले लेखेका छन्, “नेपाली राजनीतिको दुइ हैन तीन धार हुनेछ है!कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बस्तुगत आधार छ । कम्युनिष्ट ब्राण्ड जति टुक्रा भएपनि त्यो एउटै धार हो र केही समय रहन्छ । अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेसी लोकतान्त्रिक धार हो !जसपा त्यसको भ्रूण हो !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !