२० असार २०८१, बिहिबार

एमाले मुलुकको ठूलो पार्टी : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले मुलुकको ठूलो पार्टी भएको र भ्रम फैलाउनका लागि कम्युनिस्ट पार्टीहरूमा मात्रै ठूलो भनिने गरिएको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । केन्द्रमा बहुमतको सरकार बनेपछि पनि आखिर विकास केन्द्रीय केही आयोजना बाहेक जनताको घरदैलोमा पुर्‍याउने त स्थानीय तहहरू रहेको उनले बताए।

उनले भने, ‘स्थानीय तहको निर्वाचनमा हामीले महत्वपूर्ण ठाउँहरूमा र आम रूपमा बहुमतसाथको विजय हासिल गर्न सकेनौं भने हामीले बहुमत प्राप्त गर्दा पनि सहज नहुने स्थिति हुन्छ । त्यसकारण हामीले यसमा बहुमत प्राप्त गर्नुपर्नेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !