काठमाडौं । नेकपा एमालेको आज बसेको पोलिटब्युरो बैठकले यसअघि सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि हेरफेर गरेको छ ।
बैठकमा नेताहरुले दिएको सुझावका आधारमा उम्मेदवार सिफारिस विधिमा हेरफेर गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
पोलिटब्युरो बैठकले वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव पास गरेको हो । सिफारिसलाई पालिका कमिटीमार्फत जिल्ला कमिटीले निर्णय गर्ने भट्टराईले बताए ।
पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको सिफारिस सम्बन्धित पालिका कमिटी हुँदै जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने भएको छ ।