७ पुस २०८१, आइतबार

राप्रपाले चैत २५ मा काठमाडौंमा शक्ति प्रदर्शन गर्दै


राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको बागमती प्रदेश समितिको आयोजनामा चैत २५ मा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

एक नेताका अनुसार खुलामञ्चमा आयोजना गरिएको आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको छ ।

आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा पाँच सय ५५ सदस्यीय आयोजक समिति र उपसमितिहरू पनि गठन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !