३१ भाद्र २०८१, सोमबार

कम्युनिष्टहरुको दोधारे कुराले जनतामा गलत सन्देश गएको सिंहको दाबी


प्रकाशमान सिंह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले कम्युनिष्टहरुको दोधारे कुराले जनतामा गलत सन्देश गएको आरोप लगाएका छन् ।

नेता सिंहले कम्युनिस्टले फैलाएको भ्रमलाई चिर्न घरघरमा पुगेर नागरिकलाई बुझाउनुपर्ने बताए । आइतबार ‘घर घर जाऊ काँग्रेस जिताउ अभियान’ अन्तरगत आयोजित कार्यक्रममा बोल्दै उसले यस्तो बताएका हुन् ।

उनले भमे “कम्युनिस्ट नेताहरु जनतासामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेका छन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !