१९ असार २०८१, बुधबार

आगामी स्थानीय निर्वाचनमा गठबन्धन तालमेल हुन्छ : प्रवक्ता महत


डा. प्रकाशशरण महत फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धन तालमेल गर्ने बताएका छन् । प्रवक्ता महतले गठबन्धनको सम्भावनलाई नकार्न नसकिने बताए ।

बाँकेमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुने बताए ।

उनले नेपाली काँग्रेस का कार्यकर्ता अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन नहुने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !