१२ असार २०८१, बुधबार

कृषिफार्ममा बिष्फोटक पदार्थ भेटिएपछि डा. भट्टराईले मागे रिजालको सुरक्षाको माग


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा केन्द्रीय सदस्य हरि रिजालको दांग स्थित कृषिफार्ममा बिष्फोटक पदार्थ राख्ने, धम्कीपूर्ण पत्र पठाउने कार्य जोकसैले गरेको भए पनि निन्दनीय भएको बताएका छन् ।

अध्यक्ष डा. भट्टराईले एमसीसी वा कुनै पनि बहानामा यस्ता अपराधिक कार्य गर्ने उपर राज्यले तुरून्त कार्वाही गर्न आग्रह गरेका छन्।

उनले सामाजिकमा लेखेका छन्, “जसपा केन्द्रीय सदस्य हरि रिजालको दांग स्थित कृषिफार्ममा बिष्फोटक पदार्थ राख्ने,धम्कीपूर्ण पत्र पठाउने कार्य जोकसैले गरेको भए पनि निन्दनीय छ । एमसीसी वा कुनै पनि बहानामा यस्ता अपराधिक कार्य गर्ने उपर राज्यले तुरून्त कार्वाही गरोस् र नेता रिजाल,वहॅाका सहकर्मी र परिवारको सुरक्षा गरोस्!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !