कलैया । नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले १ हजार २०६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले १ हजार १५४ मत पाएका थिए ।
प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिएयो । नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “ स्थानीय तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ ।”