२१ बैशाख २०८१, शुक्रबार

नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु


एकीकृत समाजवादीको बैठक

काठमाडौँ । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुईदिने पूर्ण बैठक शुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा केही समयअघि बैठक शुरु भएको हो ।

जारी बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

पार्टीको यही फागुन २३ गतेको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !