१५ असार २०८१, शनिबार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु


माओवादी केन्द्रीय समिति बैठक फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । वत्तिसपुतलिस्थित अनुपम फुडल्याण्डमा बैठक जारी छ ।

यसअघि, आइतबार दिउँसो २ बजे बस्ने भनिएको बैठक नबसी आजका लागि सारिएको हो । आजको बैठकमा पदाधिकारीहरूको टुंगो लगाउने विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

आज शुरु भएको बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ । पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरू मनोनीत गर्नेलगायत एजेन्डा छन् ।

शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नाराणकाजी श्रेष्ठले धारणा राखेका थिए । आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ ।

गत पुस ११ गतेदेखि १८ गते सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय समितिलाई दिएको छ । आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो ।

२३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड-१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो ।

माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !