१२ श्रावण २०८१, शनिबार

ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने भयो : अध्यक्ष नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने स्थिति सिर्जना भएको तीतो सत्य ओकलेका छन् ।

आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरवाट बाहिरिने क्रममा संचारकर्मीहरुले सोधेको प्रश्नको उत्तर दिँदै अध्यक्ष नेपालले एमालेका अध्यक्ष ओलीको वितण्डा सामना गर्न पनि प्रतिनिधिसभा विघटनगर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले संसद भंग गरेर चुनावमा जान सकिने बताएका हुन् । उनले केपी ओलीलाई संसदमा कति सहने अब चुनावमा जानुपर्ने बताएका हुन् ।
एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प नभएको उनले स्पष्ट पारेका हुन् ।

प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेध गरेको थियो । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ’ गर्दै नाराबाजी गरेका थिए ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै संसदको बैठक अवरोध जारी राख्दै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ जना संसदलाई सभामुख सापकोटाले निष्काशन गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !