१५ असार २०८१, शनिबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्यो, २ बजे बस्ने


माओवादी केन्द्रीय समिति बैठक फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक २ बजेलाई सरेको छ । यसअघि फाल्गुन २० गते शुक्रबार बसेको बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो ।

आज आइतबारसम्म थप तयारी गरेर आगामी कार्यदिशा तय गरिने माओवादी नेतृत्वले जनाएको छ । बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !