१२ असार २०८१, बुधबार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबारदेखि शरु


Nepali-congress-Centre-office-Sanepa

७ वैशाख, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबारदेखि शरु भएको छ । आजदेखि सुरु हुने बैठकमा देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

बैठक भइरहेकै बेला दिल्लीमा केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएकाले बैठक रोकिएको थियो । खड्काको शोकमा स्थगित भएको बैठक शुक्रबार दिउँसोवाट पुनः बोलाइएको छ ।

चैत ९ गतेवाट शुरु भएको बैठक चैत १६ गते स्थगित भएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थगित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने जानकारी दिए ।

पौडेलका अनुसार, नेताहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि यही क्रम जारी रहने छ । धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक केही दिन लम्बिन सक्ने सम्भावना छ ।

यसअघि ४२ जना केन्द्रीय सदस्यले निर्वाचन परिणाम र समसामयिक राजनीतिबारे धारणा राखिसकेका छन् । आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा अस्ति बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले समसामयिक राजनीतिक परिस्थिति र विगतको चुनावी समीक्षाबारे आफ्नो धारणा राख्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !