६ जेष्ठ २०८१, आइतबार

सन्त नेता किशुनजीको सम्झनामा दीप प्रज्वलन


कृष्णप्रसाद भट्टराई फाइल फोटो

काठमाडौँ । सन्त नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) को सम्झनामा दीप प्रज्वलन गरिएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको ११ औँ स्मृति दिवसका अवसरमा किशुनजी अध्ययन केन्द्रको आयोजनामा आज साँझ नयाँ बानेश्वरमा दीप प्रज्वलन गरिएको हो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वर्गीय भट्टराईले नेपाली राजनीतिमा गर्नुभएको त्याग र सङ्घर्षलाई आमजनतासम्म लैजानुपर्ने बताए । “किशुनजीको त्याग र आदर्श अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ”, उनले भने ।

महामन्त्री शर्माले किशुनजीमा सरलतायुक्त सादगी जीवन, संस्कार, सिद्धान्त, निष्ठा, समन्वय क्षमता र समृद्धिको संकल्प भएको उल्लेख गरे । केन्द्रका अध्यक्ष अविनाश सिलवालले किशुनजीको राजनीतिक जीवनबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताए ।

विसं २०७३ मा स्थापना भएको अध्ययन केन्द्रले किशुनजीका बारेमा अध्ययन अनुसन्धान गर्नुका साथै नयाँ बानेश्वरमा किशुनजी पार्क र किशुनजीको सालिक निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु